काठमाडौं – तनहुँको ब्यास नगरपालिका–११ गैराबारी बस्ने २६ वर्षीय राहुल नेपालीलाई अवैध लागूऔषध गाँजा १ किलो ४ सय ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
झापाको झापा गाउँपालिका–४ पिचकानी टोलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ५ ग्राम ७ सय ४० मिलिग्रामसहित दमक नगरपालिका–३ बस्ने २२ वर्षीय जीवन सार्कीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१६ जयसपुर बस्ने २७ वर्षीय जगत नारायण कुर्मीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय विकास थापालाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम २ सय ९० मिलिग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।