शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

एमालेबाट केशव स्थापितसहित दुई केन्द्रीय सदस्य बिदा

मंगलबार, साउन ३० २०८०

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य केशव स्थापितसहित दुई केन्द्रीय सदस्यले पार्टीबाट बिदा लिएका छन् ।

काठमाडौं महानगरपालिककामा एमालेका तर्फबाट उम्मेदवार बनेका र बालेन्द्र साहसँग पराजित भएका एमाले केन्द्रीय सदस्य केशव स्थापितसहित दुई केन्द्रीय सदस्यले पार्टीबाट बिदा लिएका हुन् ।

उनीहरुले पार्टीमा मागेको बिदालाई एमालेको केन्द्रीय सचिवालय बैठकले आइतबार अनुमोदन गरेको छ ।

केशव स्थापित र अर्का केन्द्रीय सदस्य सिराहाका प्रमोद नारायण यादवले पार्टीमा बिदा माग्नुभएको थियो, उहाँहरुलाई पार्टीबाट बिदा दिने निर्णय सोमबारको सचिवालय बैठकले गरेको छ, एमालेका एक पदाधिकारीले भने ।

एमालेका ती पदाधिकारीका अनुसार यादव र स्थापितले पार्टी नेतृत्वलाई भेटेर कार्यकारी भूमिकाबाट बिदा लिन चाहेको बताएका थिए । त्यसपछि उनीहरूको राजीनामा स्वीकृत गरिएको हो ।