आठ वटा समुहले गुमाउँदा पाँच वटा समुहले कमाए
काठमाडौं – नेप्से घटेको छ । अघिल्लो दिन बढेको नेप्से आज सोमबार भने तीन दशमलव ६१ अंकले घटेर दुई हजार ७७ दशमलव २४ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव शुन्य छ अंकले बढेर तीन सय ९८ दशमलव १३ अंकमा चढेको छ । दुई सय ७९ वटा कम्पनीहरुको ६८ हजार आठ सय ४२ पटकको कारोबारमा ५४ लाख १७ हजार नौं सय २८ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम दुई अर्ब नौं करोड १३ लाख ९० हजार छ सय ३८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा आठ वटा समुहहरुको सुचक घटेपनि पाँच वटा समुहहरुको सुचक भने बढेका छन् जसमध्ये बाँणिन्य बैंक समुहको सुचक छ दशमलव ८७ अंकले बढेर १२ सय ९२ दशमलव ३० अंकमा पुग्दा बिकास बैंक, लघुवित्त, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने ३६ दशमलव शुन्य चार अंकले घटेर २२ सय १८ दशमलव २४ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ७१ अंकले घटेर ११ हजार तीन सय ९१ दशमलव शुन्य तीन अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि एक सय छ दशमलव ३१ अंकले घटेर ११ हजार ६५ दशमलव १३ अंकमा पुग्दा फाईनान्स, होटल तथा पर्यटन, लगानी, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा थ्रि स्टार हाईड्रोपावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।