बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनमत पार्टी सरकारमा सहभागी, मन्त्री अनितादेवीले लिइन् शपथ

सोमबार, साउन २९ २०८०

काठमाडौं । काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पनि सरकारमा सहभागी भएको छ ।

जनमतकी सांसद अनिता देवी साहले मन्त्री पदको शपथग्रहण गरेकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीकाे जिम्मेवारी पाएकी छन् ।

सोमबार उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ ग्रहण गराए ।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायत सहभागी थिए ।

यसअघि पनि जनमत पार्टी सरकारमा सहभागी भएको थियो । चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

प्रधानमन्त्रीले माओवादीबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई ब्याक गराएर जनमतलाई फेरि सरकारमा सहभागी गराएका हुन् ।