काठमाडौं – नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से पाँच दशमलव १३ अंकले बढेर दुई हजार ६६ दशमलव शुन्य पाँच अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव १० अंकले बढेर तीन सय ९४ दशमलव १५ अंकमा चढेको छ । दुई सय ६९ वटा कम्पनीहरुको ५७ हजार सात सय ८९ पटकको कारोबारमा ५५ लाख तीन हजार २१ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब १५ करोड ६५ लाख ८३ हजार नौं सय ४५ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले गुमाएका छन् भने आठ वटा समुहले कमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २३ प्रतिशतले घटेर १२ सय ७१ दशमलव ८१ अंकमा पुगेको छ भने भने बिकास बैंक, फाईनान्स, जीवन बीमा र लघुवित्त समुहको सुचक पनि घटेका छन् ।
जलबिद्युत समुहको सुचक भने छ दशमलव ९६ अंकले बढेर २२ सय ३५ दशमलव ७६ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३५ दशमलव २१ अंकले बढेर १० हजार नौं सय २९ दशमलव ८६ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन लघुवित्त वित्तीय संस्था पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ ।