मुसिकोट नगरपालिका–१ सल्ले बस्ने ५२ वर्षीया हस्तकली बुढाथोकीको हत्या गरेको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका–१ सल्ले बस्ने २३ वर्षीया सिर्जना बुढा बोहरा र सोही नगरपालिका–५ टटेला बस्ने ३० वर्षीया शोभा कुमारी सुनार सोनी रहेका छन् ।
हस्तकली बुढाथोकी साउन १९ गते रातिआफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँके, कर्णाली प्रदेश प्रहरी कार्यालयसुर्खेत र जिल्ला प्रहरी कार्यालय रुकुम पश्च्मिबाट खटिएको प्रहरी टोलीलेअनुसन्धानको क्रममा घटनामाउनीहरूको संलग्नता रहेको खुल्नआएपछि उनीहरुलाई पक्राउ गरेको हो । उक्त घरबाट चोरी भएका सुनको सिक्री १ थान, सुनको तिलहरी १ थान, सुनका कानवाली १ थान, सुनको चन्द्रमा१ थानसमेत स्वरुप परिवर्तन गरेको अवस्थामाप्रहरीले बरामद गरेको छ ।
उनीहरूउपर जिल्ला अदालत रुकूम पश्चिमबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।