काठमाडौं – नेप्सेमा हरियाली देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ४१ दशमलव शुन्य छ अंंकले बढेर दुई हजार ६० दशमलव ९१ अंकमा पुगेको छ भने सेन्सिटिभ सात दशमलव ४८ अंकले बढेर तीन सय ९३ दशमलव शुन्य पाँच अंकमा पुगेको छ । आज दुई सय ६५ वटा कम्पनीहरुको ७७ हजार पाँच सय एक पटकको कारोबारमा ५० लाख १० हजार सात सय १६ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब ८८ करोड ८३ लाख २६ हजार चार सय ६९ रुपैंयाँ ६२ पैसा पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुुँदा सामुहिक लगानी कोष समुहको सुचक झिनो अंकले घटेर बाँकी समुहहरुको सुचक उच्च अंकले बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव १९ अंकले बढेर १२ सय ७२ दशमलव शुन्य पाँच अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ६२ दशमलव ४१ अंकले बढेर २२ सय २८ दशमलव ८० अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि तीन सय ४६ दशमलव ७४ अंकले बढेर ११ हजार तीन सय ४८ दशमलव ३० अ्रकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि तीन सय १० दशमलव ५२ अंकले बढेर १० हजार सात सय ९४ दशमलव ६५ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा हिमालयन लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सेञ्चुरी डिबेञ्चर २०८८ पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।