बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

काण्डैकाण्डमा मुछिएका एसपीलाई काखी च्यापियो

मंगलबार, साउन २३ २०८०

सशस्त्र प्रहरी बल, नेपालका आइजी राजु अर्यालले एक जना विवादित एसपीलाई काखी च्यापेपछि अन्यले असन्तुष्टि जनाएका छन् । इन्टेलिजेन्सतर्फका सेकेण्ड म्यान विकास घिमिरेका लागि आइजीले एसएसपीको बढुवा प्रक्रिया नै रोकेको गुनासो छ ।

हाल १२ जना एसपीको बढुवा गर्न लागिएकोमा विकास १४ नम्बरमा छन् । उनी यसअघि कारबाहीमा परिसकेका अधिकृत हुन् । मिशनका लागि लाइबेरियाको मोन्ररोभिया जाने क्रममा उनले कमाण्डरलाई हत्तु खेलाएका थिए । सशस्त्रले गोपाल गुरुङ्गको नेतृत्वमा उनीहरुलाई केही वर्षअघि विदेश पठाएको थियो ।

विकास दम्पत्ती नै सो मिशनमा खटिएका थिए । बृटिश लाहुरेका छोरा गुरुङ्ग निकै सोझा थिए भने विकास एकदमै चलाख । यी दुईले मिलेर आफ्नै भान्छे केटीलाई कच्याककुचुक गरेको भन्दै हेडक्वार्टरमा पोल लगाएपछि गुरुङ्गमाथि कारबाही गर्न लागिएको थियो ।

तर,अन्यले विकासले चाँहि गुरुङ्गलाई लखेटेर आफैं निमित्त कमाण्डर बन्न खोजेको बताएपछि हेडक्वार्टरले छानबिन समिति गठन गर्यो । अनुसन्धानको क्रममा विकास दम्पत्तीको बद्नियत पुष्टि भएपछि कोषराज वन्तको आदेशमा काठमाडौं विमानस्थलमा टेक्नासाथ बुढाबुढीलाई सचेत र नसिहतको पुर्जी थमाइएको थियो ।

एसपी गुरुङ्ग समुद्र किनारमा बसेर बियर तानिरहनुपर्ने बिन्दास स्वभावका थिए भने विकासकी श्रीमती सशस्त्र प्रहरी अस्पतालमा कार्यरत छिन् । पोखराको लामपाटनस्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयमा राजु एसएसपी हुँदा विकास उनको मातहत थिए । उनले त्यतिबेलादेखि नै हाकिमलाई चुक्ली लगाएर अन्यलाई अप्ठेरोमा पार्दै आएका हुन् । अहिले पनि यो क्रम जारी नै छ । अरुको कुरा लगाउन माहिर भएकै कारण उनको जागिर जातेजाते बचेको छ ।

उता,बाँकेको ब्यारेक बेच्ने एसपी जनकराज बस्नेतमाथि सख्त कारबाही गर्न डिआइजी विदुर खड्काले पठाएको प्रतिवेदन रद्धीको टोकरीमा मिल्काएर उनलाई कुरिनटारको हाकिम बनाइएको छ । घर जान लागेका विदुर भन्छन्,‘गल्ती पत्ता लगायो,कारबाही हुँदैन । अनि कुन उत्साहले काम गर्ने ! ’

उता,राशन घोटालामा मुछिएपछि दार्चुलाबाट हेडक्वार्टर तानिएका सशस्त्र प्रहरीका एसपी त्रिभुवन बिष्ट टिकापुरस्थित तालिम शिक्षालयको प्रमुखमा नियुक्त भएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गण प्रमुखका रुपमा कार्यरत बिष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन घोटाला गरेको आरोप लागेपछि उनलाई मुख्यालय झिकाएर छानबिन थालिएको थियो ।

प्रहरीको राशन रकम खल्तीमा हालेको आरोप लागेका व्यक्तिले दिने शिक्षा कस्तो होला ? गम्भीर प्रश्न उठेको छ । ‘आफैं काण्डमा मुछिएको व्यक्तिले के शिक्षा दिन्छ ? त्यस्ताले सशस्त्रको जनशक्ति उत्पादन गर्ने रे । के नैतिक शिक्षा पढाउँछ ?’, एक जना एआइजीले आक्रोशित हुँदै भने ।

उता,कारबाहीनिम्ति पर्साबाट तानिएका तेजप्रसाद पोखरेलसमेत बन्दीपुरे नेवार ससुरालीको नाता लगाउँदै एसएसपी बन्न कुदिरहेका छन् । स्वच्छ छविका राजु अर्याललाई यस्ता यावत सन्तानहरुको व्यवस्थापन नगरिनहुने बाध्यता छ । जनआस्थाबाट

https://youtu.be/539LeesX-vM