शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बालुवाटारमा सभामुखसहित तीन शीर्ष दलका नेताहरूबीच आज पुनः छलफल

मंगलबार, साउन २३ २०८०

काठमाडौं । संसदको गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरू पुनः छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित तीन दलका शीर्ष नेताको छलफल जारी छ ।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार सभामुखसहित तीन दलका शीर्ष नेताहरूबीच बालुवाटारमा छलफल भएको हो।
सुन प्रकरणमा छानबिन समिति बनाउने एमालेको अडानमा हिजो सिंहदरबार र बानेश्वरमा भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि थप छलफलका लागि आज पुनः जुटेका हुन् ।

प्रतिनिधिसभा बैठक ३ बजेका लागि बोलाइएको छ ।