शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

काठमाडौं उपत्यकामा भारी वर्षा, घरभित्रै पस्यो बाढी (तस्वीरमा हेर्नुहोस्)

मंगलबार, साउन २३ २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा रातभर भारी वर्षा भएको छ ।

वर्षाले नदी र खोलाहरुमा बाढी आएको छ ।  रातभरिको अविरल वर्षासँगै काठमाडौंका खोलामा पानीको सतह बढेको छ ।   सामाखुशी, कपन एरिया डुबानमा परेको छ ।

काठमाडौं उपत्यकाका बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट ती क्षेत्र आसपास भारी वर्षा मापन भएको छ । वर्षाका कारण विष्णुमती, धोबीखोला, मनोहरा लगायतमा बाढी आएको छ ।

वर्षापछि विष्णुमती खोलामा पानीको बहाव बढेसँगै खोला सडकमाथि तथा सडक छेउका घरमा पनि पसेको छ ।

सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ ।

हेर्नुहोस तस्वीर