काठमाडौं – नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज सोमबार तीन दशमलव २१ अंकले घटेर दुई हजार ४८ दशमलव २६ अंकमा पुगेको छ भने सेन्सिटिभ एक दशमलव ५९ अंकले घटेर तीन सय ९० दशमलव ४३ अंकमा पुगेको छ । दुई सय ५७ वटा कम्पनीहरुको एक लाख एक हजार दुई सय ३६ पटकको कारोबारमा ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा चार वटा समुहले गुमाए पनि नौं वटा समुहले भने कमाएका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव १९ अंकले घटेर १२ सय ७३ दशमलव १२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक सात दशमलव ३४ अंकले घटेर २२ सय चार दशमलव ९० अंकमा पुगेको छ । लगानी र अन्य सुमहको सुचक पनि आज घटेका छन् ।
बिकास बैंक समुहको सुचक भने ५३ दशमलव ५६ अंकले बढेर तीन हजार आठ सय ४४ दशमलव ६६ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक पनि ६० दशमलव १४ अंकले बढेर ११ हजार एक सय ९७ दशमलव ५७ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि सात दशमलव ६३ अंकले बढेर १० हजार पाँच सय ९६ दशमलव ३८ अंकमा पुगेकोमा फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नेपाल रिपब्लिक मिडिया परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा छ्याङदी हाईड्रो पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने भने आईएमई लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।