बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्से राताम्मै

आइतबार, साउन २१ २०८०

काठमाडौं – नेप्से घटेर राताम्मै देखिएको छ । साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से ३८ दशमलव ३७ अंकले घटेर दुई हजार ५१ दशमलव ४७ अंकमा झरेको छ भने सेन्सिटिभ सात दशमलव ५२ अंकले घटेर तीन सय ९२ दशमलव शुन्य दुई अंकमा झरेको छ । दुई सय ६५ वटा कम्पनीहरुको ६१ हजार नौै सय १७ पटकको कारोबारमा ८० लाख सात हजार तीन सय ६१ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ६८ करोड ७१ लाख ४८ हजार दुई सय ३४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक २२ दशमलव ३४ अंकले घटेर १२ सय ८५ दशमलव ३२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ४४ दशमलव ४९ अंकले घटेर २२ सय १२ दशमलव २५ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३७ दशमलव ९६ अंकले घटेर ११ हजार एक सय ३७ दशमलव ४२ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ६० अंकले घटेर १० हजार पाँच सय ८८ दशमलव ७४ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा आईएमई जनरल इन्स्योरेन्स कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा अभियान प्रोग्रेसिभ फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा सानिमा बैंक परेको छ ।