शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

केन्द्रीय समिति बैठक समापनअघि माओवादीको पदाधिकारी बैठक

आइतबार, साउन २१ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सम्पन्न गर्नुअघि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।

राजधानीमा जारी केन्द्रीय समिति बैठक समापनको विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरिएको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन, परिवर्तित प्रतिवेदन लगायतका विषयमा छलफल भइरहेको सचिव हितराज पाण्डेले जानकारी दिए ।

गत बुधबारदेखि सुरू भएको बैठकमा शनिबार केन्द्रीय सदस्यहरूले अध्यक्षको प्रतिवेदनमाथि आ–आफ्नो धारणा राखेका थिए । आज अन्तिम दिनको बैठक दिउँसो १ बजे बस्दै छ ।

आजको बैठकमा प्रचण्डले सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिँदैछन् ।