शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

तीन अंकले बढ्यो नेप्से : पाँच वटा समुहले गुमाउँदा आठ वटा समुहले कमाए

बिहिबार, साउन १८ २०८०

काठमाडौं – अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि बढेको छ । नेप्से आज तीन अंकले बढेर दुई हजार ८९ दशमलव ८४ अंकमा पुग्दा सेन्सिटिभ पनि एक दशमलव २५ अंकले बढेर तीन सय ९९ दशमलव ५४ अंकमा चढेको छ । दुई सय ६२ वटा कम्पनीहरुको ४० हजार सात सय ७४ पटकको कारोबारमा ५१ लाख ३० हजार पाँच सय २० कित्ता सेयर खरिद किनबेच हुँदा कारोबार रकम एक अर्ब ७८ करोड १९ लाख ४१ हजार सात सय एक रुपैंयाँ ८१ पैसा पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा पाँच वटा समुहले गुमाएका छन् भने बाँकी रहेका आठ वटा समुहहरुले कमाएका छन् । ति मध्ये आज बाँणिज्य बैंक समुहको सुचक पाँच दशमलव ९५ अंकले बढेर एक हजार तीन सय सात दशमलव ५९ अंकमा पुग्दा जीवन बीमा समुहको सुचक ६३ दशमलव ४७ अंकले बढेर ११ हजार तीन सय ७५ दशमलव ३९ अंकमा चढेको छ । लघुवित्त, लगानी, उत्पादमुलक, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि आज बढेका छन् । बिकास बैंक समुहको सुचक भने आठ दशमलव शुन्य दुई अंकले घटेर तीन हजार आठ सय ८८ दशमलव ६२ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि १३ दशमलव १४ अंकले घटेर २२ सय ५६ दशमलव ७४ अंकमा पुगेको छ ।

यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव ९८ अंकले घटेर १० हजार आठ सय १८ दशमलव १७ अंकमा पुगेकोमा फाईनान्स होटल तथा पर्यटन समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सर्पोट लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा प्रोग्रोसिभ फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।