शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उच्च स्तरीय समिति गठनकाे माग गर्दै एमालेले आजको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने

बिहिबार, साउन १८ २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ ।

सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो । सरकारले छानविन समिति बनाउन बेवास्ता गरेकाले राष्ट्रियसभा पनि अवरोध गरिने एमालेले जनाएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संसद् सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अनुसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।