शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

किन गरे हिक्मत कार्कीले शपथ समारोह बहिष्कार ?

बुधबार, साउन १७ २०८०

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । अघिल्लो पटक पनि थापाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका एमाले कार्कीले आज (बुधबार) को शपथ ग्रहण पनि बहिष्कार गरेका हुन् । आफ्ना लागि बस्ने कुर्सी नराखिएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्की समारोहबाट बाहिरिएका हुन् ।

‘निवर्तमान मुख्यमन्त्रीका लागि कुर्सी राखिएको हुन्छ । तर प्रदेश प्रमुखले राख्नु भएनछ’, कार्कीले भने । बुधबार अपराह्नका लागि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री उद्धव थापासहितका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । चार दलको समर्थनमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री बनेका हुन् ।