बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

नेपालमा एलिका ब्राण्डको पहिलो शोरुमको उद्घाटन

बुधबार, साउन १७ २०८०

काठमाडौं – चौधरी ग्रुप अन्तर्गत एलिका ब्रान्डको पहिलो एक्सक्लुसिभ ब्रान्ड सप काठमाडौँको टेकुमा खोलिएको छ । एलिका पिबीव्हर्पुल किचेन अप्लाएन्सेस प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध निर्देशक प्रल्हाद भुताड र सि. जी. इलेक्ट्रोनिक्सका उपाध्यक्ष एस. सि. साबुको उपस्थितिमा बुधबार यो शोरुमको भब्य उद्घाटन भएको हो । एलिका ब्रान्डसपमा एलिका ब्रान्डको चिम्नी, बिल्ट–इनओभन, माइक्रो वेभ ओभन, डिसवासर, कुकिङ्ग रेन्ज, हब्स र कुक टप्स लगायत अन्य विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु रहेका छन् । यस एलिका ब्रान्ड सप टेकुको मुख्य व्यापारिक केन्द्रमा पर्दछ जहाँ निःशुल्क पार्किङ्गको पनि व्यवस्था रहेको छ ।

काठमाडौँको स्थानीय बजारमा आफ्ना सामानहरुको प्रदर्शन, बिक्री वितरण तथा अन्तराष्ट्रियस्तरको ग्राहक सेवा, उपयोग तथा विस्तृत जानकारी प्रदान गराउने उद्देश्य सहित यो शोरुम संचालन गरिएको हो । दक्ष्य तथा अनुभवी बिक्री प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामग्रीहरुको पूर्ण जानकारी पनि लिन सकिने छ । यो शोरुम हप्ताको सातै दिन बिहान १०ः०० बजे देखि बेलुका ०७ः३० बजेसम्मखुल्ला रहने छ । ग्राहकवर्गका लागि अन्य थप जानकारी चाहिएमा निम्न फोन नम्बर ०१–५९१४१७९, ५९१४३७९ हरुमा सम्पर्क गर्न सकिने कुराको जानकारी पनि गराएको छ ।

काठमाडौँको टेकुमा खोलिएको यो एलिका ब्रान्डसप माओपेनिङ्ग को बिशेष छुट, शुन्य प्रतिशत सरल किस्ताबन्दी, निःशुल्क जडानका साथसाथै प्रोडक्ट लाईभ डिमो र प्रिभेन्टिभ मेन्टिनेन्स सर्भिस (पिएमएस) को पनि व्यवस्था गरिएको छ । त्यसका साथै ग्राहकवर्गको आवश्यक्ता अनुसार निःशुल्क साइट भिजिटको पनि व्यवस्था छ यो सँगै काठमाडौँको टेकुमा खोलिएको यस एलिका ब्रान्डसप अब सि. जी. इलेक्ट्रोनिक्सको रिटेल चेन शोरुम अन्तर्गत २४ औं शाखा रहने छ र आगामी दिनमा अझै धेरै शाखाहरु देशका विभिन्न शहरमा बिस्तार गरिने पनि कम्पनीले जानकारी दिइएको छ ।