गौरादह नगरपालिका–५ बस्ने भिम बहादुर श्रेष्ठको भान्साघर र ग्वाली घरमा मंगलबार साँझ आगलागी हुँदा अन्नपात, काठपात लगायतका सामान गरी करिब ६ लाख ८६ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।