विराटनगर । कोशी प्रदेशका नव नियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शपथ लिँदैछन् ।
सभामुखको राजीनामा गराएर बहुमत जुटाएपछि मंगलबार नियुक्त भएका मुख्यमन्त्री थापाले आज पद तथा गोपनीयताको सपथग्रहण गर्दैछन् ।
आज जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा (एकीकृत समाजवादी) बाट १/१ जना मन्त्रीसहित ४ सदस्यीय मन्त्रिमण्डल बनाएर मुख्यमन्त्रीमा नेता थापाले शपथ लिने तयारी छ ।
माओवादीबाट सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री बन्ने भएका छन् । यस्तै, कांग्रेसबाट प्रदिपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी) कमलप्रसाद जबेगु मन्त्रीमा जाने दलहरूले जनाएका छन् । तर दलहरूको बैठकले मन्त्रीमा को को जाने विषय दलको बैठकले टुंग्याउने जनाएको छ ।
सरकार साझेदार दलबाट सहभागी हुने मन्त्रीले पनि आजै शपथग्रहण गर्नेछन् ।