बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णयबाट पछि हट्यो माओवादी

बुधबार, साउन १७ २०८०

काठमाडौं । सत्ताको नेतृत्व गरेको दल नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने भएको छ ।

यसअघि सोमबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर, आज बसेको पदाधिकारी बैठकमा नेताहरुले लाइभ नगर्न दबाब दिएपछि निर्णय उल्टिएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदै छ । केन्द्रीय समिति बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट सुरु हुनेछ ।