शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

किन सकेन संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशको नाम सिफारिस गर्न ?

मंगलबार, साउन १६ २०८०

काठमाडौं । संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको हो । संवैधानिक परिषद्को अर्को बैठक साउन १८ गत साँझ ५ बस्ने राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल भएको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले साउन २० गतेबाट अनिवार्य अवकाश पाउँदै छन् । त्यसैले संवैधानिक परिषद्ले जतिसक्यो चाँडो प्रधानन्यायाधीशको नाम सिफारिस गर्नुपर्ने बाध्यता छ ।

संवैधानिक प्रावधान अनुसार प्रधानन्यायाधीशको कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्छ । प्रधानन्यायाधीशमा वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम चर्चामा छ ।