काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन्।
सभामुख घिमिरेले सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न आज दिउँसो १२ बजे नयाँबानेश्वरमा बैठक बोलाएका हुन्।
सभामुख घिमिरेले सदनमा निरन्तर अवरोध हुँदा जनताको आवाज अवरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गरेका हुन्।
उनले सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेसमेत स्मरण गराएको उनको सचिवालयले जनाएको छ।
यस अघि आज बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद समेत गरेका थिए।