शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डुबेर चार जनाको मृत्यु

सोमबार, साउन १५ २०८०

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित बागमती खोलामा डुबेर काठमाडौं महानगरपालिका–१४ कलंकी घर भएका २७ वर्षीय सागर खड्काको गएराति मृत्यु भएको छ । खोलामा बोल बमको जल लिन जाने क्रममा डुबेर अशक्त भएका उनको उद्दार गरी नेपाल मेडिकल कलेज अत्तरखेल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
कास्कीको पोखरा महानगरपालिका–२९ सैनिक बस्तीस्थित गडुवा खोलामा डुबेर सोही महानगरपालिका–२९ खल्याङ बस्ने ५५ वर्षीया तुलसी भट्टराईको आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सप्तरीको बोदेबर्साईन नगरपालिका–३ सारसरस्थित पोखरीमा डुबेर २ जना बालिकाको आइतबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही नगरपालिका–१ धनगढी बस्ने विध्यानन्द साहको छोरी ८ वर्षीया किरण साह र सोही नगरपालिका–६ फुलकाही बस्ने धनराज साहको छोरी ८ वर्षीया शिवानी साह रहेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।