शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, साउन १५ २०८०

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा कनकाई नगरपालिका–९ बस्ने २३ वर्षीय प्रवास राजवंशीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राजवंशीले ती किशोरीलाई गत असार १८ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।