बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा भिषण पहिरो :

२६ अंकले घट्दा दुई अर्ब ५० करोडको कारोबार

आइतबार, साउन १४ २०८०

काठमाडौं – नेप्सेमा भिषण पहिरो गएको छ । चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक भएपछि लगातार घट्न थालेको नेप्से साताको पहिलो कारोबार दिन आज आईतबार नैं २६ दशमलव १४ अंकले घटेर २१ सय दशमलव ३४ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव १७ अंकले घटेर तीन सय ९९ दशमलव ६६ अंकमा पुगेको छ । आज नेप्सेमा दुई सय ६६ वटा कम्पनीहरुको ४६ हजार तीन सय २७ पटकको कारोबारमा ६८ लाख ६० हजार ४२ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब ५० करोड २८ लाख ८६ हजार पाँच सय २७ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुहहरुको कारोबार हुँदा सामुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ९८ अंकले घटेर १२ सय ९३ दशमलव ६६ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ६५ अंकले घटेर २३ सय १४ दशमलव १२ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ८८ दशमलव १८ अंकले घटेर ११ हजार चार सय ८९ दशमलव १५ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि दुई सय १० दशमलव ३७ अंंकले घटेर ११ हजार ७१ दशमलव ७३ अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहको सुचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा पिपुल्स पावर लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम सिमेन्ट परेको छ ।