बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

फेरि खस्यो सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो, राजमार्ग अवरुद्ध

आइतबार, साउन १४ २०८०

पाल्पा । पहिरो खसे पछि  सिद्धार्थ राजमार्ग आइतबार बिहानैदेखि अवरुद्ध भएको छ ।

सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खसेपछि सो राजमार्ग अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको तिनाउ गाउँपालिका–३, दोभान ड्यामसाइड क्षेत्रमा ठूलो पहिरो खसेपछि राजमार्ग अबरुद्ध हुन पुगेको हो ।

पहिरो खसेर राजमार्ग अबरुद्ध भए पछि चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन बिहान देखी नै पहिरो खुलाउने प्रयास भने गरिरहेको छ । कर्पोरेशनका अनुसार ब्रेकर लगाएर ढुंगा फुटाएर सवारी साधन सञ्चालन गर्न सकिने भन्दै काम सुचारु गरिएको हो । ठूलाठूला ढुंगा र लेदोसहितको पहिरो सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमा खसेको छ ।

एक हप्ता अघि दक्षिण सिद्धबाबा मन्दिरतर्फको सुरुङ प्रवेशविन्दु रिब पोर्टल पहिरोले पुरेको थियो । त्यस यता पटक–पटक गएको पहिरोले उत्तरतर्फको प्रवेशविन्दुमा क्षति पनि पु-याएको छ ।