शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्से राताम्मै,२९ अंकले घट्दा दुई अर्ब ४२ करोडको सेयर किनबेच

बिहिबार, साउन ११ २०८०

काठमाडौं – नेप्से घटेर राताम्मै देखिएको छ । अघिल्लो दिन आठ अंकले घटेको नेप्से आज बिहिबार पनि २९ दशमलव ७१ अंकले घटेर २१ सय २६ दशमलव ४८ अंकमा पुगेको छ भने सेन्सिटिभ पाँच दशमलव २६ अंकले घटेर चार सय तीन दशमलव ८४ अंकमा पुगेको छ । दुई सय ७१ वटा कम्पनीहरुको ४४ हजार छ सय ७२ पटकको कारोबारमा ६२ लाख ७१ हजार सात सय ७७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ४२ करोड ५७ लाख ८० हजार पाँच सय ५४ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदै सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये बाँणिज्य बैक समुहको सुचक १३ दशमलव १३ अंकले घटेर एक हजार तीन सय एक दशमलव ६४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव शुन्य नौं अंकले घटेर २३ सय ४७ दशमलव ७७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय २२ दशमलव ६४ अंकले घटेर ११ हजार छ सय ७७ दशमलव ३३ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ३८ दशमलव ४२ अंकले घटेर ११ हजार दुई सय ८२ दशमलव ११ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया फ्ेक्सी क्याप फण्ड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा एभरेष्ट बैंक परेको छ ।