काठमाडौं – जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी सुर्खेत विरेन्द्रनगर नगरपालिका–७ घर भएका २२ वर्षीय मोहन भण्डारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलामा वारदात मितिदेखि फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं बानेश्वरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–१ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्कीलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कार्कीले ती किशोरीलाई सोही ठाउँस्थित सामुदायिक जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।