काठमाडौं –नेप्से पुन घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बुधबार पनि आठ दशमलव ११ अंकले घटेर २१ सय ५६ दशमलव २० अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव शुन्य पाँच अंकले घटेर चार सय नौं दशमलव ११ अंकमा झरेको छ । दुई सय ६० वटा कम्पनीहरुको ४२ हजार सात सय १४ पटकको कारोबारमा ७३ लाख ९९ हजार चार सय ७४ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम दुई अर्ब ४३ करोड २५ लाख आठ हजार सात सय ६९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा फाईनान्स समुहको सुचक एक दशमलव ६१ अंकले बढेर १९ सय १७ दशमलव १८ अंंकमा पुगेको छ भने सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेको छ । बाँणिज्य बैंक समुहको सुचक भने शुन्य दशमलव ६० अंकले घटेर १३ सय १४ दशमलव ७७ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २२ दशमलव १० अंकले घटेर २३ सय ७३ दशमलव ८७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि २७ दशमलव ९९ अंकले घटेर ११ हजार आठ सय ९९ दशमलव ९८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ७२ अंकले घटेर ११ हजार चार सय २० दशमलव ५३ अंकमा पुगेको छ ।
यि बाहेक बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र ट्रेडिङ्ग समुहहरुको सुचक पनि घटेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जाल्पा लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने ग्लोवल आईएमई बैकको संस्थापक सेयर परेको छ ।