बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध भरूवा बन्दुक बरामद

बुधबार, साउन १० २०८०

कोन्जोसोम गाउँपालिका–१ चौघरे मुलडोल बस्ने अशोक थिङको घरबाट लोड गरी राखेको भरूवा बन्दुक १ थान मंगलबार बिहान प्रहरीले बरामद गरेको छ । थिङको घरमा अवैध भरूवा बन्दुक रहेको भन्ने सूचानाको आधारमा ईलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । हाल फरार थिङको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।