शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बुधबार, साउन १० २०८०

काठमाडौं – चितवनको राप्ती नगरपालिका–६ हर्दिस्थित सडकमा बागमती प्रदेश ०३–००१ ख २५८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूषको मंगलबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–९ खोरीया टोलमा बागमती प्रदेश–०२–०१६ प ००७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा चालक राष्ट्रिय अनुसन्धान कार्यालय मलंगवा सर्लाहीमा कार्यरत अनुसन्धान अधिकृत २९ वर्षीय बसन्त साहको घटनास्थलमै मृत्यु भएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।