तम्घास । बहिनीले मङ्गलबार राति दिदीको घर गोठमा आगो लगाइदिएकी छन् । उनको मानसिक अवस्था ठिक नभएको बताइएको छ ।
जिल्लाको मदाने गाउँपालिका–१ अग्लुङकी ३२ वर्षकी मीना विकले दिदी दुर्गा विकको दुई तले जस्ताले छाएको घर र दुई तले खरले छाएको गोठमा आगो लगाउँदा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
निन्युखर्क घर भएकी विक विगत पाँच वर्षदेखि दिदीको घरमा बस्दै आएकी थिइन् ।
आगलागीका कारण घरमा भएको तीन लाख पचाँस हजार नगद, सुनका गरगहना करिब चार तोला गरी १२ लाख बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
घटनाको बारेमा विस्तृत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।