बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आयोग उपाध्यक्ष श्रेष्ठसँग ईयू राजदूतले गरिन् बिदाइ भेट

मंगलबार, साउन ९ २०८०

काठमाडौं – राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (ईयू) का राजदूत नोना डेप्रेजले बिदाइ भेट गरेकी छिन् । कार्यकाल पुरा गरेर फर्किन लागेकी राजदूत नोनाले मंगलबार आयोग कार्यालय सिंहदरबार गरे उपाध्यक्ष श्रेष्ठसँग बिदाइ भेट गरेकी हुन् ।

भेटमा आयोग उपाध्यक्ष श्रेष्ठले युरोपियन युनियन मुलुकहरुले नेपालमा गरेको सहयोगका लागि धन्यबाद दिदै नोनाको आगामी कार्यभार सफलताको कामना गरे । नेपालमा कार्यकाल पूरा गरेर नोना अफ्रिकी मुलुक लाइबेरियाका लागि ईयू राजदूत भएर जादैछिन् ।