शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

३६ अंकले घट्यो नेप्से,

होटल तथा पर्यटन बाहेक सबै समुहको सुचक रातै

मंगलबार, साउन ९ २०८०

काठमाडौं – नेप्से उच्च अंकले घटेको छ । अघिल्लो दिन २७ अंकले घटेको नेप्से आज मंगलबार पुन ३६ दशमलव १९ अंकले घटेर २१ सय ६४ दशमलव ३१ अंकमा झरेको छ भने सेन्सिटिभ सात दशमलव ६२ अंकले घटेर चार सय ११ दशमलव १६ झरेको छ । दुई सय ६७ वटा कम्पनीहरुको ५३ हजार पाँच सय ७० पटकको कारोबारमा ७७ लाख १६ हजार दुई सय ७७ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ९१ करोड सात लाख ३२ हजार चार सय १८ रुपैंयाँ पुगेको छ ।

आज १३ वटा समुमहरुको सेयर कारोबार हुँदा होटल तथा पर्यटन समुहको सुचक ७२ दशमलव ३० अंंकले बढेपनि बाँकी सबै समुहहहरुको सुचक घटेर रातै भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३७ दशमलव २४ अंकले घटेर १३ सय १५ दशमलव ३८ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २६ दशमलव ६३ अंकले घटेर २३ सय ९५ दशमलव ९७ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि एक सय ७६ दशमलव ४४ अंकले घटेर ११ हजार नौं सय २७ दशमलव ९८ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय ११ दशमलव १८ अंकले घटेर ११ हजार पाँच सय सात दशमलव २६ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ्ग समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा किसान लघुवित्त वित्तीय संस्था परेको भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा नबिल बैंक डिवेञ्चर २०८५ परेको छ । यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ ।