काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन च्याचिनले भेटवार्ता गरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेटवार्ता गरेका हुन् ।
मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा ओलीसँग भेटघाट भएको हो । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको बताइएको छ ।
तीन दिनदेखि नेपाल भ्रमणमा रहेका जियाजुनले यसअघि रोममा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भर्चुअल कुराकानी गरेका थिए ।
चिनियाँ कम्युनिष्ट पार्टीका नेता युआन साउन ७ गते काठमाडौं आएका थिए ।
तीन दिने भ्रमणको क्रममा युआनले आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कालगायतसँग भेटवार्ता गरिसकेका छन् ।