शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

बैतडी पुर्चौंडी नगरपालिका २ मा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु, तीन जना घाइते

सोमबार, साउन ८ २०८०

बैतडी । बैतडीमा पुर्चौंडी नगरपालिका २ को भैरुमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले दिएको जानकारी अनुसार पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो ।

उनका अनुसार अन्जुका देवर गोब्बर जागरी उनका आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा पनि घाइते भएका छन् ।

उनीहरूलाई उद्धार गरेर अस्पताल लैजाने तयारी भइरहेको प्रहरी जनाएको छ ।