ललितपुर महानगरपालिका–१३ कुसुन्ती डेरा गरी बस्ने स्याङजा घर भएका ४५ वर्षीय हिरामणी काफ्लेको कोठाबाट कोही नभएको अवस्थामा पछाडि पट्टीको झ्याल फोडेर सुनका विभिन्न गहना, घडी र नगद समेत गरी करिब ४ लाख १६ हजार रूपैयाँ बराबरको धनमाल तथा १० लाखको हस्ताक्षर गरेको बैंक चेक बिहीबार साँझ चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।