आगामी मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी आउनुपर्छ
काठमाडौँ – पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्र बैंकले मौद्रिक नीति ल्याउँदा लचिलोपनसहित अर्थतन्त्रका चुनौति सामना गर्नेगरी ल्याउन सुझाव दिएका छन्।
बिहीवार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो सुझाव दिएका हुन्। उनले आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने बाहिर चर्चा भइरहेको बताए। उनलेिकसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय नभएको बताए। उनले विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरता सहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने मौद्रिक नीति राष्ट्र बैंकले ल्याउनुपर्ने बताए। उनले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्ने बताए। उनले अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव भएको भन्ने परीक्षण पछिल्ला आँकडाहरुले दिएको बताए।
उनले भने, ‘अर्थतन्त्रमा देखिएका नतिजा विगतको मौद्रिक नीतिको प्रभाव हो । त्यसैले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिको परीक्षण पछिल्ला आँकडाहरुले दिएको छ । मौद्रिक नीति ठिक थिएकी थिएनन् भन्ने कुराको मापन गर्ने आधार दिएको छ । आगामी मौद्रिक नीति कसिलो र लचिलो मौद्रिक नीति आउनुपर्ने पदावलीहरु आइरहेका छन् । कसिलो र लचिलो मौद्रिक नीतिलाई गाई की त्रिशुल भनेको जस्तो छान्न सकिने विषय होइन । विगतको मौद्रिक नीति सकारात्मक रहेको भन्दै विगतको मौद्रिक नीतिको सापेक्षित निरन्तरतासहित अहिलेको अर्थतन्त्रलाई सामाना गर्नसक्ने हिसावले आवश्यक मात्रामा लचिलो बनेर मौद्रिक नीति आउनुपर्छ ।’
उनले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच हार्दिक सम्बन्ध हुनुपर्ने बताए। उनले अर्थ मन्त्रालय र राष्ट्र बैँकबीच हार्दिक सम्बन्ध नराम्रो छ भन्ने सन्देश बाहिर जाँदा विश्वासको वातावरण नबन्ने बताए। उनले दुई निकायबीच सम्बन्ध नराम्रो भएको सन्देशले मुलुकको अर्थतन्त्रलाई लयमा हिँडाउनको निम्ति चुनौती सिर्जना गर्ने बताए। उनले अर्थ मन्त्रालय र राष्ट्र बैंककाबीच अन्तरबिरोध र असमझदारी हुन नहुने भन्दै यस्तो भएमा मुलुकको अर्थतन्त्रमा नयाँ समस्या सिर्जना गर्ने पनि दाबी गरे।