शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

डुबेर चार जनाको मृत्यु

बिहिबार, साउन ४ २०८०

काठमाडौं – रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ बोगदिया बस्ने ८० वर्षीय झब्बु मल्लाहको सोही ठाउँस्थित बोगदिया घाटको नदीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–५ स्थित चाँदी खोलामा डुबेर बारा निजगढ नगरपालिका–८ बस्ने राजु माझीको छोरा ८ वर्षीय रमन माझीको बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको चपुरस्थित सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापाको गौरीगंज गाउँपालिका–३ बस्ने पर्शुराम पराजुलीको छोरा १४ वर्षिय सागर पराजुलीको सोही ठाउँस्थित लेरा खोलामा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको मेडिम्याकस अस्पताल गौरादह हुँदै दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङको सुन्दरहरैचा नगरपालिका–२ पथरघटा बस्ने दिपेन्द्र चौधरीकी छोरी ७ वर्षीया पेनिशा चौधरीको सोही ठाउँस्थित पोखरीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।