शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा दोहोरो अंकले बृद्धि,

पाँच वटा समुहले कमाउँदा आठ वटा समुहले गुमाए

बुधबार, साउन ३ २०८०

काठमाडौ – नेप्से दोहोरो अंकले बढेको छ । आज बुधबार नेप्से ११ दशमलव १७ अंकले बढेर २१ सय ६५ दशमलव २४ अंकमा पुग्दा सेन्सिटिभ पनि तीन दशमलव ३३ अंकले बढेर चार सय १० दशमलव ४६ अंकमा चढेको छ । दुई सय ६० वटा कम्पनीहरुको ५१ हजार चार सय ४५ पटकको कारोबारमा ८६ लाख ७४ हजार एक सय नौं कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम तीन अर्ब ३४ करोड ८६ लाख ७९ हजार नौं सय रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार हुँदा पाँच वटा समुहले कमाएपनि आठ वटा समुहले भने गुमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २९ दशमलव ६६ अंकले बढेर १३ सय १३ दशमलव ४९ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक ४९ दशमलव १५ अंकले बढेर चार हजार ७० दशमलव पाँच अंकमा चढेको छ । यसैगरी उत्पादनमुलक, सामुहिक लगानी कोष र ट्रेडिङ समुहको सुचक पनि बढेका छन् । जलबिद्युत समुहको सुचक भने १९ दशमलव ६८ अंकले घटेर २३ सय ७१ दशमलव ७१ अंकमा पुगेको पुग्दा जीवन बीमा समुहको सुचक पनि ४८ दशमलव ७६ अंकले घटेर १२ हजार दुई सय ४४ दशमलव शुन्य नौं अंकमा पुगेको छ । यसैगरी निर्जीवन बीमा समुहको सुचक पनि एक दशमलव ८९ अंकले घटेर ११ हजार सात सय २६ दशमलव ८० अंकमा झर्दा फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त र अन्य समुहको सुुचक पनि घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईबिएल समृद्धि फण्ड २ परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी परेको छ ।