काठमाडौं – नेप्सेमा हरियाली छाएको छ । चालु आर्थिक बर्षको पहिलो कारोबार दिन आज सोमबार नेप्से ४७ दशमलव शुन्य सात अंकले बढेर २१ सय ४४ दशमलव १६ अंकमा पुग्दा सेन्सिटिभ पनि नौं दशमलव ९५ प्रतिशतले बढेर चार सय चार दशमलव १० अंकमा चढेको छ । दुई सय ५७ वटा कम्पनीहरुको ५० हजार दुई सय ९९ पटकको कारोबारमा ७६ लाख ३४ हजार एक सय ९० कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम दुई अर्ब ५६ करोड एक लाख ९१ हजार दुई सय ८८ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएको मध्ये सामुहिक लगानी कोष समुहको सुुचक शुन्य दशमलव शुन्य सात अंकले घटेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले बढेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ३५ दशमलव २८ अंकले बढेर १२ सय ७० दशमलव शुन्य अंकमा पुग्दा जलबिद्युत समुहको सुुचक पनि ३४ दशमलव २० अंकले बढेर २४ सय एक दशमलव ३१ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ८२ दशमलव ८६ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि दुई सय ६२ दशमलव ११ अंकले बढेर ११ हजार पाँच सय ४९ दशमलव ९६ अंकमा चढेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि आज अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपी डब्लु लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कुमारी धनबृद्धि योजना परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट पहिलो स्थानमा परेको छ ।