काठमाडौं – नेप्सेमा सामान्य अंकले गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज सोमबार शुन्य दशमलव ८० अंकले घटेर दुई हजार ७६ दशमलव ९५ अंकमा पुगेको छ भने सेन्सिटिभ शुन्य दशमलव ११ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा पुगेको छ । दुई सय ९३ वटा कम्पनीहरुको ६५ हजार तीन सय १७ पटकको कारोबारमा एक करोड ११ लाख ८३ हजार तीन सय ३५ कित्ता सेयर किनबेच हुँदा आज कुल कारोबार रकम तीन अर्ब ७९ करोड ७९ लाख ८६ हजार पाँच सय ८३ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सात वटा समुहले कमाएकाछन भने बाँकी समुहले गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव २१ अंकले घटेर १२ सय आठ दशमलव ८० अंकमा पुग्दा जीवन बीमा समुहको सुचक नौं दशमलव ७२ अंकले घटेर १२ हजार एक सय ७६ दशमलव ८२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि १९ दशमलव ८४ अंकले घटेर ११ हजार दुई सय २२ दसमलव ७८ अंकमा पुग्दा बिकास बैंक, होटल तथा पर्यटन र जलबिद्युत समुहको सुचक पनि उच्च अंकले घटेका छन् । फाईनान्स समुहको सुचक भने ५१ दशमलव ३४ अंकले बढेर एक हजार नौं सय ४८ दशमलव ४४ अंकमा पुग्दा उत्पादनमुलक, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा रावा इर्नर्जी डेभलपमेन्ट लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा हिमालयन हाईड्रो पावर लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने सोल्टी होटल लिमिटेड परेको छ ।