बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

सोमबार, असार २५ २०८०

काठमाडौं ।आइएमई लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने आज सोमबार असार २५ गते अन्तिम दिन हो ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।

इन्सुरेन्सले असार २१ गतेदेखि सर्वसाधारणलाई प्रिमियम भाउमा आइपीओ खुला गरेको हो । सीडीएसका अनुसार आइपीओमा असार २४ गते साँझ ५ः०५ बजेसम्ममा ९ लाख ४० हजार ८१२ जनाले १ करोड १७ लाख ६९ हजार ५० कित्ताका लागि आवेदन दिइसकेका छन् । यो मागभन्दा १।२२ गुणा बढी आवेदन हो ।

यस कम्पनीले आफ्नो जारी पुँजी ४ अर्ब रुपैयाँको ३०५ ले हुन आउने कुल १ अर्ब २० करोड रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको हो । यसले प्रतिकित्ता १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरेर २३६ रुपैयाँ ९१ पैसाका दरमा १ करोड २० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । यसमध्य १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन भइसकेको छ ।

त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ । केयर नेपालले आइएमई लाइफ इन्सुरेन्सको आइपीओलाई ‘केयरएनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।