काठमाडौं – कञ्चनपुरको भिमदत्त नगरपालिका–९ तुमडाडिबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ ग्रामय ६७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २१ वर्षीय धिरेन्द्र जोशी र भिमदत्त नगरपालिका–१० जिमुवा बस्ने २३ वर्षीय दिपक जोशी रहेका छन् । ईलाका प्रहरी कार्यालय ब्रहमदेवबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङको रंगेली नगरपालिका–७ स्थित सिद्ध आइसा होटलबाट अवैध लागूऔषध ब्राउसुगर जस्तो देखिने पदार्थ ५० ग्राम ७ सय ५० मिलिग्राम र तराजु १ थानसहित सोही नगरपालिका–६ बस्ने २४ वर्षीय शेफ खानलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । स्थानीय होटलहरुमा लागूऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश लागूऔषध नियन्त्रण ब्युरो र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा खानले उक्त लागूऔषध सोही नगरपालिका–७ भोटेवावु टोलस्थित हंगश प्वाईन्ट होटलका संचालक २८ वर्षीय दिपेश अग्रवालबाट खरिद गरी ल्याएको खुल्न आएकोले उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–३ ब्यारेलबाट अवैध लागञऔषध खैरो हिरोईन ८ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय रोहित बुढा थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगपालिका–३ ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ सय ३० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गोदाबरी नगरपालिका–७ बस्ने २८ वर्षीय विनोद पुन मगर र सोही नगरपालिका–२ बस्ने १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका–१ धनगढीस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलीग्रामसहित सोही नगरपालिका–५ गेटा बस्ने २८ वर्षीय दिपेन्द्र अवस्थीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा १ केजी ३ सय २८ ग्राम नुवाकोट मेघाङ गाउँपालिका–२ बस्ने १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले नुवाकोटदेखि काठमाडौंतर्फ आउँदै गरेको बा.४ ख ४२१५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका–३ मिलन चोक बस्ने ४२ वर्षीय किशोर चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर करिब १० ग्रामसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नो घरमा लुकाई छुपाई ब्राउनसुगर बिक्री गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।