शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा सामान्य अंकले गिरावट

सात वटा समुहले गुमाउँदा छ वटाले कमाए

बिहिबार, असार २१ २०८०

काठमाडौं – नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से आज बिहिबार भने शुन्य दशमलव शुन्य छ अंकले घटेर दुई हजार ४९ दशमलव ३८ अंकमा पुगेकोछ भने सेन्सिटिभ शुन्य दशमलव ५८ अंकले घटेर तीन सय ८२ दशमलव १६ अंकमा पुगेको छ । दुई सय ८० वटा कम्पनीहरुको ६९ हजार छ सय ५५ पटकको कारोबारमा ९७ लाख ५१ हजार नौं सय ८५ कित्ता सेयर किनबेच हुँदा आज कारोबार रकम तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा छ वटा समुहहरुले कमाएपनि बाँकी समुहले भने गुमाएका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ६१ अंकले घटेर १२ सय दशमलव ८७ अंकमा पुगेको छ भने निर्जिवन बीमा समुहको सुचक पनि २२ दशमलव ८८ अंकले घटेर १० हजार नौं सय ८४ दशमलव ४४ अंकमा पुगेको छ । फाईनान्स, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचकम पनि घटेका छन् ।

बिकास बैंक समुहको सुचक भने आठ दशमलव शुन्य पाँच अंकले बढेर तीन हजार सात सय २० दशमलव ९६ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि १० दशमलव ९४ अंकले बढेर ११ हजार नौं सय ७१ दशमलव ४२ अंकमा पुगेको छ । यि बाहेक जलबिद्युत, होटल तथा पर्यटन, उत्पादनमुलक र ट्रेडिङ समुहहरुको सुचक पनि बढेका छन् । नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मोदी इर्नर्जी लिमिटेड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने शिवम सिमेन्ट परेको छ ।