बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अवैध लागूऔषधसहित पक्राउ

बिहिबार, असार २१ २०८०

धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट अवैध लागूऔषध खैरो हेरोईन ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय राम बिलाश रानालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।