बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

प्रधान सेनापति शर्मा र पाकिस्तानका महामहिम राजदूतबीच भेटघाट

बुधबार, असार २० २०८०

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अब्रर हुसैन हासमीबिच भेटवार्ता भएको छ । उनीहरुबिच बुधबार जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने बिश्वास लिएको जानकारी नेपाली सेनाले दिएको छ ।