काठमाडौं – अघिल्लो दुई दिन लगातार घटेको नेप्से साताको तेस्रो कारोबार दिन आज मंगलबार भने बढेको छ । नेप्से आज १२ दशमलव ७३ अंकले बढेर दुई हजार ८८ दशमलव ७० अंकमा पुगेको छ भने सेन्सिटिभ दुई दशमलव २८ अंकले बढेर तीन सय ८८ दशमलव ६२ अंकमा पुगेको छ । आज दुई सय ८२ वटा कम्पनीहरुको ४६ हजार सात सय ३१ पटकको कारोबारमा ६४ लाख ५० हजार नौं सय ३४ कित्ता सेयर किनबेच भएकोमा कुल कारोबार रकम दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सबै समुहहरुको सुुचक बढेर नेप्से पुरै हरियो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव शुन्य सात अंकले बढेर १२ सय १५ दशमलव ४७ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि तीन दशमलव १६ अंकले बढेर २४ सय २१ दशमलव आठ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३० दशमलव ५० अंकले बढेर १२ हजार तीन सय ७० दशमलव २४ अंकमा पुग्दा निर्जीवन बीमा समुहको सुचक पनि ७८ दशमलव शुन्य सात अंकले बढेर ११ हजार तीन सय १८ दशमलव १७ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि उच्च अंकले बढेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सिटी होटल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा बिपीडब्लु लघुवित्त वित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने नागरिक लगानी कोष पहिलो स्थानमा परेको छ ।