शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा उच्च अंकले गिरावट :

होटल तथा पर्यटन र ट्रेडिङ बाहेक सबै समुहको सुचक रातै

सोमबार, असार १८ २०८०

काठमाडौं – साताको दोस्रो कारोबार दिन आज सोमबार पनि नेप्से घटेको छ । अघिल्लो दिन ५३ अंकले घटेको नेप्से आज पुन २१ दशमलव ३२ अंकले घटेर दुई हजार ७५ दशमलव ९७ अंकमा पुगेको छ भने सेन्सिटिभ चार दशमलव १७ अंकले घटेर तीन सय ८६ दशमलव ३५ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको ६४ हजार आठ सय ६८ पटकको कारोबारमा ९४ लाख १८ हजार नौं सय ५२ कित्ता किनबेच हुँदा कुल कारोबार रकम चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा होटल तथा पर्यटन र ट्रेडिङ समुहको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ५५ अंंकले घटेर १२ सय १४ दशमलव ४० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ३२ दशमलव ८६ अंकले घटेर २४ सय १७ दशमलव ९३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ३० दशमलव १८ अंकले घटेर १२ हजार तीन सय ३९ दशमलव ७४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ८६ दशमलव ५० अंकले घटेर ११ हजार दुई सय ४० दशमलव नौं अंकमा पुगेको छ ।

यसैगरी बिकास बैंक, फाईनान्स, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीह्रुको सुचीमा पहिलो स्थानमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा लक्ष्मी इक्विटी फण्ड परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने हिमालयन लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।