बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अनलाइन जुवा खेलाउने ४ जना पक्राउ

सोमबार, असार ११ २०८०

काठमाडौँ- अनलाइनमार्फत् जुवा खेलाउने ४ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यकाको विभिन्न ठाउँमा बसोबास गर्ने उनीहरुले विभिन्न अनलाइन गेमहरूमा अनलाइनमार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई सट्टेबाजी खेल खेलाउने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौँका कलंकी, ठमेल र बालाजु हाइटलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं- ९ घर भएका २४ वर्षीय छोरा राजा चौधरी, सोही उपमहानगरपालिका वडा नं- ८ घर भएका रन्हु चौधरीका २५ वर्षीय छोरा विवेक चौधरी, काठमाडौँ महानगरपालिका वडा नं- २६ ठमेल बस्ने बर्ष २५ वर्षीय रितेन्द्र प्रधान र नवलपरासी त्रिवेणी सुस्ता गाउँपालिका वडा नं- २ घर भएका चेतमान गुरुङको २४ वर्षीय छोरी आशा गुरुङ रहेका छन् ।

उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।